मिति:- ४ जेष्ठ २०८१, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबरराष्ट्रिय

मन्त्रालय बाँडफाँट टुंगियो‚ नेकपा माओवादी केन्द्रलाइ ५ मन्त्रालय

काठमाडौँ — सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसलाई ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रलाई ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीलाई २ मन्त्रालय दिने सहमती भएकोे छ । गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ । माओवादी केन्द्रले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको छ । एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ ।
त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी जसपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छन् । बिहिबारनै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत रहेको स्रोतले जनाएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker