मिति:- २ असार २०८२, सोमबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

हुम्लाकाे उनापानीमा आगलागी, ८ घर चले

हुम्ला-  सर्केघाट गाउँपालिका ३ काे उनापानीमा आइतबार राति आगलागी हुँदा ८ घर जलेर पूर्ण रुपमा क्षति भएका छन् । अन्य १२ घरमा आशिंक क्षति भएको छ । राति साढे १२ बजे स्थानीय बृष रावतको गोठबाट सल्किएको आगो बस्तीमा फैँलिदा ८ घर जलेको सर्केगाड-३ उनापानीका वडाध्यक्ष अकिल कार्कीले बताउनुभयो ।

आगलागीबाट धनबहादुर रावत, जनक रावत, बृख रावत, पाले फडेरा, लालकौरा फडेरा, विजन फडेरा, आशा फडेरा र प्रकाश फडेरासहितका ८ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । रामकृष्ण रावत, राजबहादुर रावत, जय रावत, अमृता कार्की, बिरजन फडेरा, चन्द्रबहादुर फडेरा लगायतका अन्य १२ जनाकाे घरमा आशिंक क्षति पुगेको हुम्ला प्रहरीले जनाएकाे छ ।

आगलागीको सूचना पाएपछि सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको प्रहरी टोली राति दुई बजे घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा बिहान साढे ६ बजे आगो नियन्त्रणमा लिइएको हुम्ला प्रहरी प्रमुख शंकर पोखरेलले जानकारी दिनुभयो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker