हुम्ला — कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका-१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।
कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा चिप्लिएर प्राविधिक अमल्दार टिकाराम लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन् । उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको उनले बताइन् । मृतक लामिछानेको सनाखतका लागि प्रक्रिया अघि बढिरहेको परियारले बताइन् ।
उनी मेसिन भएको स्थानबाट एक सय मिटर तल खसेका थिए । मेसिन जाँच गर्नका लागि उनीसँगै पुगेका हरिराम विष्ट चिप्लिएपछि उनलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियाले जानकारी दिइन् । विष्टलाई भने टाउकोमा चोट लागेको छ ।
घाइते विष्टको नेपालगन्जमा उपचार भइरहेको छ ।
यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
IMPORTANT MESSAGE! Claim Your $150,825.33 Cash: Act Quickly https://script.google.com/macros/s/AKfycbz8opQoOpQghW-KuUkoywFQxfsbW_OvSEejtr8d-t0fICjWQLu_alkKdLdbbYiPiG_zjg/exec/8x0m7s1p/4v9d/d/ce/1f8p8k2p/7m9t/9/o3/7x9m9k5q/7c0d/s/1t?4d1dk7j0
a1ef5v1o5h1p5f0m
a5jv5f5s6u1y6e0t
i8qu4a4v9t1e3o8x
o5ay6a6e7s3x6k6i