मिति:- ६ असार २०८२, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षास्थानीय

महाबैका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सरकारी बिद्यालयमा पढाउनु पर्ने

कालीकोट– महाबै गाउँपालिकामा मंगरबार बसेको शिक्षा समितिको बैठकले जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी बिद्यालयमा पढाउने निर्णय गरेका छ । शैक्षिक सुधारका लागि आफैबाट र आजैबाट सुधार गरौं भन्दै गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो । समितिको बैठकले बिद्यार्थी संख्या कम भएका बिद्यालय मर्ज गर्ने समेत निर्णय गरेको छ । आरजेएम आविलाई राम मावि राम्नी र देव मावि ओदालाई तिलानमुना माविमा मर्ज गर्ने निर्णय भएको गाउँपालिका शिक्षा अधिकृत मदन बहादुर शाहीले बताउनु भयो ।


बैठकले कक्षा ८ को बार्षिक परिक्षा तीन वटा केन्द्रमा संचालन गर्ने भएको छ । कालीका मावि गेला, चन्दादेवी मावि कुनी र राम मावि राम्नीको परिक्षा केन्द्र चन्दादेवी मावि कुनीमा तोकीएको छ । चन्दादेवी मावि कुनीमा परिक्षा संचालन तथा ब्यवस्थापनका लागि केन्द्राध्यक्षमा टक्क बहादुर सिंहलाई तोकीएको छ । तिला नमुना मावि गैराखाडा, जगनाथ आवि कतमपुर र देव मावि ओदाको परिक्षा केन्द्र तिला नमुना मावि गैराखाडालाई परिक्षा केन्द्र तोकीएको छ । गैराखाडामा केन्द्राध्यक्ष दिपक बहादुर सिंहलाई तोकीएको छ । त्यस्तै त्रिवेणी मावि डिल्लीकोट र हिमालय मावि डाँडाखलाको परिक्षा केन्द्र हिमालय मावि डाँडाखलामा तोकीएको छ । त्यहाँको केन्द्राध्यक्षमा धर्मदर्त अधिकारीलाई तोकीएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

11 Comments

  1. Howdy! I know this is somewhat off topic but I was wondering
    which blog platform are you using for this site? I’m getting tired
    of WordPress because I’ve had issues with hackers and I’m looking at options for another platform.
    I would be awesome if you could point me in the direction of a
    good platform.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker