मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षासमाचारसमाज

कर्णाली प्रदेशमा ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ सुरु गरिने

कालीकोट- कर्णाली प्रदेश सरकारले शैक्षिक गुणस्तर सुधारका लागि चालु आर्थिक वर्षबाट ‘मुख्यमन्त्री डिजिटल शिक्षा कार्यक्रम’ संचालन गर्ने भएको छ । डिजिटल शिक्षा विषयमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कार्यक्रम संचालन गर्न चालु आवका लागि १० करोड बजेट विनियोजन गरिएको छ । कार्यविधि निर्माण भएपछि कार्यक्रम कार्यान्वयन गरिने छ । मानव संसाधन विकास केन्द्र सुर्खेतबाट कार्यक्रम कार्यान्वयन गर्ने गरी तयारी भइरहेको मन्त्रालयका शैक्षिक विकास महाशाखा प्रमुख जवाहरलाल हमालले बताउनुभयो । पहिलो बर्ष कर्णाली प्रदेशका १३ वटा विद्यालय छनोट गरेर कार्यक्रम कार्यान्वयन गर्ने प्रदेश सरकारको योजना छ ।

 

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button