मिति:- २६ जेष्ठ २०८२, आईतवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

सुर्खेत– जुम्ला सडक खण्ड सुचारु

कालीकोट– तिलागुफा नगरपालिका ६ को गोठी भिरमा शुक्रबार गएको सुख्खा पहिरोले अवरुद्ध भएको सुर्खेत–जुम्ला सडक खण्ड सुचारु भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, तिलागुफा नगरपालिका, सडक डिभिजन कार्यालय जुम्ला र स्थानीय बासिन्दाको सहयोगमा तत्काललाइ सडक सुचारु गरिएको डिएसपी टेक बहादुर रावतले बताउनु भयो ।

अप्ठेरो ठाँउमा सडक भत्कीएकोले निर्माण कार्यमा कठिनाइ भएको छ । तत्काललाई कम लोडभएका यातायातका साधनहरु आवतजावत गरेपनि बढी लोडभएका यातायातका साधनहरु ओहोरदोहर गर्न कठीनाई भएको र निर्माण कार्य भइरहेको डिएसपी रावतले बताउनु भयो ।

सडकको अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक माधब प्रसाद श्रेष्ठ, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक भाबेश्वर रिमाल सहितको टोली तिलागुफा ६ गाेठी भिरकाे पहिराे अवलाेकन गरेर फर्किएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker