मिति:- ३१ भाद्र २०८२, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

कालीकाेट- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरेकाे छ ।

दिउँसो ३ बजे देखि सुरु भएकाे प्रदेशसभा बैठकमा कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकाे छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेशका कार्यवाहक प्रमुख मियाँले कर्णाली प्रदेश प्रमुखको कार्यभार सम्हालेका हुन् ।

यसअघि सरकारले प्रस्तुत गरेको प्रि–बजेटमा प्रदेश सरकारले आगामी नीति, कार्यक्रम तथा बजेट समृद्ध कर्णालीः सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा, सम्मानजनक रोजगारी, उच्च आर्थिक वृद्धिमा केन्द्रित गराउने लक्ष्य लिएकाे थियो ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker