डिजिटल कर्णाली कन्केलेभ सुरु : डिजिटल कर्णालीका सम्भावना र चुनाैती बारे छलफल हुदै
सुर्खेत– डिजिटल कर्णाली कन्केलेभ २०८२ दाेस्राे संकरण मंगलबार देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भए छ । कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कडेलकाे प्रमुख आतिथ्यतामा सुरुभएकाे कार्यक्रममा कर्णाली प्रदेशका प्रथम मुख्य मन्त्री तथा संघिय संसद माननीय महेन्द्र बहादुर शाही, पुर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता माननीय जीवन बहादुर शाही कर्णाली प्रदेशका माननीय मन्त्री, बिभिन्न मन्त्रालयका सचिव, प्राज्ञिक ब्यक्तित्व, प्राेफेसरकाे सहभागीता रहेको छ ।
त्यस्तै सराेकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि लगायतकाे सहभागीता रहेको छ । दुई दिन सम्म चल्ने डिजिटल कर्णाली कन्केलेभमा विभिन्न बिधाका ९ वटा समुह छलफल, डिजिटल कर्णाली प्रदेशमा सहयोग पुर्याउन नविनतम् कार्यगरिरहेका संस्था तथा ब्यक्तिहरुका सिकाई भाेगाई र अनुभवहरु साटासाट हुने छन् ।
युनिसेभ नेपाल, डब्लुएफ्पी, नेपाल टेलिकम, नविल बैंक, क्यान महासंघ कर्णाली प्रदेश, वर्डलिंक, कता हाे ठेगाना प्रणाली लगायतको सहयोग र समन्वयमा सहआयाेजक आईएफएन फाउन्डेसन नेपालले डिजिटल कर्णाली कन्केलेभ सुरु गरेको हाे ।