मिति:- १७ चैत्र २०८१, सोमबार | समय:-
कर्णाली प्रदेशकृर्षि तथा खेतीबालीताजाखबरमुख्य खबरसमाचार

हुम्लामा रैथाने बालीकाे समर्थन मुल्य निर्धारण

कालीकाेट- हुम्ला जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । साेमबार बसेकाे जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सातवटा रैथाने बालीको मूल्य निर्धारण गरेको हाे ।

नयाँ मूल्यअनुसार सिमी प्रतिकेजी १७०, चिनोको चामल प्रतिकेजी १८०, कागुनोको चामल प्रतिकेजी १८०, तिते फापर प्रतिकेजी १००, मिठे फापर प्रतिकेजी १२०, उवा प्रतिकेजी १२० र कोदो प्रतिकेजी १०० रुपैयाँ निर्धारण गरिएको छ ।

चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा पाँच रुपैयाँले बढाइएको छ ।  सिमीमा प्रतिकेजी १० रुपैया बढाइएको छ । सबै रैथाने बाली खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्नेछ । हुम्लामा आधिकारिक रुपमा रैथाने बालीको मूल्य निर्धारण गर्न सुरु गरिएको यो तेस्रो वर्ष हो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker