कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको अध्यक्षमा शर्मा चयन

सुर्खेत- बीरेन्द्रनगरमा साेमबार सम्पन्न प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको तेस्रो अधिवेशनबाट नयाँ समिति चयन भएकाे छ । साेमबार बीरेन्द्रनगर सुर्खेतमा भएकाे अधिवेशनबाट नयाँ समिति चयन भएकाे हाे । समितिकाे अध्यक्षमा प्रतीक इच्छुक शर्मा (सल्यान) उपाध्यक्ष धर्मराज जिसि (सुर्खेत) उपाध्यक्ष उपेन्द्र न्यौपाने (जुम्ला) उपाध्यक्ष तुलसा रोका (पश्चिम रुकुम) महासचिव अशोक कुमार सिंह (कालिकोट) चयन भएका छन् ।
त्यस्तै सचिव तिलकराज वलि (सल्यान) सचिव नरजङ तामाङ (हुम्ला) सचिव जुना कुमारी रावत (जाजरकोट) सचिव प्रिमा कुमारी बिश्वकर्मा (प्रेरणा,कालिकोट) सचिव तुलाराज चौलागाईं (आकाश, कालिकोट) कोषाध्यक्ष कृष्ण शर्मा (दैलेख) नयाँ कार्य समितिमा चयन भएका हुन् ।
सदस्यमा रमिता खड्का मगर (पश्चिम रुकुम) कल्पना रावत (जुम्ला) सुनिल महरा (पश्चिम रुकुम) काली बहादुर नेपाली (जाजरकोट) इन्द्रबहादुर बुढाथोकी (सल्यान) बिक्रम तिरुवा (सलिन जुम्ला) गोविन्द विश्वकर्मा (सुर्खेत) रमेश जैसी (जाजरकोट) टिकाराज उपाध्याय (कालिकोट) राकेश बिक (दैलेख) चयन भएका छन् भने ४ जना पछि मनोनीत गरिने महासचिव सिंहले बताउनु भयाे । लेखा समिति संयोजक प्रचण्ड खत्री (पश्चिम रुकुम) चयन भएका छन् ।