कर्णाली प्रदेशताजाखबरमुख्य खबरस्थानीय
दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयक पारित

कालीकाेट- कर्णाली प्रदेशसभाले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको २३ औँ कर्णाली प्रदेशसभाको बैठकले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधयेक सर्वसहमतिले पारित गरेको हो ।
कर्णाली प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधयेक कार्यान्वयनमा जानेछ । दलित समुदायमाथि हुने छुवाछुत तथा जातीय भेदभाव जस्ता असमान व्यवहारलाई अन्त्य गर्दै दलित समुदायको मानवअधिकारको संरक्षण र सामाजिक न्यायको सुनिश्चितता गर्न विधेयक ल्याइएको हो ।