मिति:- १३ कार्तिक २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

न्यानो काखलाई: सहयोग सामाग्री हस्तान्त्रण

कालीकोट- खाँडाचक्र नगरपालिकाले न्यानो काख सेवा समाजमा रहेका अनाथ बालबालिकालाई सोलार , खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको छ । मान्ममा रहेको न्यानो काख सेवा समाजमा ६ जना छात्रा ७ जना छात्र गरि कुल १३ जना बालबालिका रहेका छन् ।

सोमबार नगरपालिकाले एक सय पचास वाटको सोलार एक सेट , १६ कट्टा जिरा मसिनो चामल, १ कट्टा दाल, आवश्यताका आधारमा कापी ,कलम शैक्षिक सामग्री र फलफुल सहयोग गरेको हो । सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख कमल बहादुर शाहीले समाज सेवा गर्नु नगरको दायित्व भएको बताउनुभयो । शाहीले नगर भित्र होस वा बाहिर दुखी, पीडितलाई सधै नगरको साथ सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

सहयोग कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही, प्रशासन शाखा प्रमुख अबिराज शाही, स्टोर शाखा प्रमुख खडान्द पाण्डे र पत्रकारहरुको उपस्थिती रहेको थियो । न्यानो काख सेवा समाजकी संचालक कल्पना मल्लले नगरपालिको सहयोग सामाग्री न्यानो काखमा रहेका बालबालिको शैक्षिक स्तर सुधारमा सहयोग पुग्ने बताउनु भयो । आमाबुवा नभएका बालबालिकालाई न्यानो काख सेवा समाजले हेरचाह गर्दै आएको छ ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker