मिति:- १३ कार्तिक २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरराजनीतिसमाचारस्थानीय

जुविथाका आगलागी पीडितलाई विप्लवको राहत : आफ्नै उत्पादनको धान र लत्ताकपडा

कालीकाेट- गत असोज ३० गते भएको आगलागीबाट प्र्रभावित भएका तिलागुफा ६ जुविथाका आगलागी पीडितलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले सोमवार आफ्नै उत्पादनको धान, चामल र लत्ताकपडा राहत वितरण गरेको छ ।
पाटीका स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम इन्चार्ज भरत सी (बम) को नेतृत्वमा जुविथा पुगेको राहत वितरण टोलीले कालीकोटको रास्कोट ८ भात्तडी जिउलोमा पाटीले रोपाइ गरेर भित्र्याएको ३ बोरा धान, ५ बोरा चामल, काठमाडौस्थित विप्लव समुहले संचालन गरेको कपाडा गार्मेन्टबाट कालीकोट ल्याइएको लत्ताकपडासहित केही ब्यवसायीबाट जुटाइएको राहात सामग्री हस्तान्त्रण गरेको हो ।
स्थायी कमिटी सदस्य भरत बमले गाडीमा गाउँ नजिकै लगिएको धान आफै काधमा बोकेर गाउँ पस्दा स्थानीय अचम्मित भएका थिए । ठूला नेता पनि भारी बोक्दा रहेछन्, स्थानीय धामी परेकवहादुर शाहीले भने गाडीबाट झारेको धान चामल पार्टी कार्यकर्ताले आफै बोकेर गाउँ पुगेका थिए ।

आगलागी पीडित स्थानीयलाइ राहत बितरण गर्दै बिप्लप नेता

कालीकोटको जिल्ला विपद् ब्यवस्थापन समितिको निर्णयलाई आत्मसात गर्दै जुविथामा आयोजित कार्यक्रममा तिलागुफा ६ का वडाध्यक्ष पर्वलाल शाहीमार्फत सबै पीडित परिवारलाई क्षति अनुसार पूर्णरुपमा क्षति भएका, आशिंक क्षति भएका र न्यून क्षति भएका परिवारलाई घाउमा मलम लगाउन जहा विपद्, त्यहा नेकपा भन्ने नाराका साथ राहात सामाग्री हस्तान्त्रण गरेको स्थायी समिति सदस्य भरत सी ले बताउनु भयो । खेत जोत्ने पाटीकोरुपमा चिनिने नेकपाले गत वर्ष जाजरकोट र रुकुमपश्चिमका भुकम्प पीडितलाई आफ्नै उत्पादनको १०० बोरा चामल राहत दिएको सुनाउदै कालीकोटको जुविथा आगलागी पीडितका लागि आफैले उत्पादन गरेको धान र कपडा ल्याएर गाउ पुगेको उहाँले बताउनु भयो । राष्टमाथीको संकट, सामाजिक संकट र प्राकृतिक विपत्तिमा सबै एकजुट भएर सामना गर्नुपर्छ । उनले भने दलीय स्वार्थभन्दा माथि उठेर मानवीयताका नाताले सक्दो सहयोग गर्नुपर्छ । कालीकोटको रास्कोट घर भएका भरतले जुविथाका लागलागी पीडितका घर निर्माणका लागि सबै तहका सरकार र अन्यको सहयोग आवश्यक रहेको बताए ।

आगलागी पीडितका घरको अवलोकन गर्दै जुविथाका एकै घरभित्र १३ वटा परिवार बस्ने चलन आफूलाई पनि अचम्म लागेको सुनाउदै पीडितका अगल अलग घर निर्माणका लागि पहल गर्नुपर्ने सुझाव राखे । काठमाडौबाट राहात सामग्री ल्याएर आएका जुविथा घर भएका पार्टीका काठमाडौ महानगर इन्चार्ज धनराज शाही सी ले बिभिन्न मिडिमा आएका समाचार पढेपछि आफ्नो गाउका पीडित घर परिवारकालागि पार्टी र अन्य सँग सहयोग जुटाएर गाउ पुगेको बताए ।
पीडित घर परिवारका अगुवा मनराज शाहीले पाटीको तर्फबाट सहयोग गर्ने नेकपालाई धन्यवाद दिदै भने विप्लव त चन्दा मात्र माग्छन् भन्ने हल्ला गलत रहेछ । उनले थपे आपत विपद्मा परेकालाई सहयोग पनि गर्ने रहेछन् ।
जुविथा गाउमा आगलागीमा परेर ३ घर पूर्णरुपमा क्षति हुदा २६ परिवार प्रभावित भएका छन् भने हालसम्म पीडित परिवारले सरकारले दिने नगद राहात अझै पाउन सकेका छैनन् । जिल्ला प्रशासनले पूर्ण क्षेति भएका परिवारलाई १५ देखि २० हजार नगद दिने भनेको हो । पीडित पम्फा शाहीले गुनासो पोखिन् संघ संस्थाको पाल र ओड्ने बाहेक अरु केही नपाएको पीडितको गुनासो छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker