मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

कर्णाली राजमार्ग पुर्ण रुपमा सूचारु

कालीकोट– पाँच दिन देखि अवरुद्ध भएको कर्णाली राजमार्ग आजबाट पुर्णरुपमा सूचारु भएको छ । बर्षाका कारण पहिरो संगै आएको बाढीले बुधबारबाट अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो हटाएपछि सडक पुर्ण रुपमा संचालनमा आएको हो । सडक संचालनमा आएपछि बाटोमा रोकिएका यातायातका साधनहरु गन्तब्य तिर लागेका छन् ।

अवरुद्ध सडक खुलेपछि ताडी बसपार्कमा रोकेर राखिएका गाडीहरु छोडीएको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो । हिजो आइतबार प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, डिएसपी अर्जुन केसी, सशत्र प्रहरी बल कालीकोट डिएसपी दिपेन्द्रराज बिष्ट, पत्रकार लगायतका सरोकारवालाहरुले राजमार्गको अनुगमन गरि फर्किनु भएको छ ।

कालीकोट खण्डको हुल्म, एसमोड, गगनेखोला, दैखोला, दैलेख खण्डको दैखोला, मालाचौर र किटु भिरको पहिरो सडक डिभिजन कार्यालय जुम्ला, जिल्ला प्रशासन कार्यालय कालीकोट, जिल्ला प्रशासन कार्यालय, दैलेख, नेपाल प्रहरी र स्थानीयको सहयोगमा सडकमा आएको पहिरो हटाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएकोे छ । बर्षाको समयमा बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय कालीकोटले आम नागरिकलाई अनुरोध गरेको छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button