मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटका हाइटेक नर्सरी अलपत्र

कालीकोट– खाँडाचक्र नगरपालिका–६ दाहा र रास्कोट नगरपालिका–७ मा २०७६ सालमा बनाउन थालिएको हाइटेक नर्सरी अलपत्र अवस्थामा छाडीएको छ ।

दाहामा हाइटेक नर्सरी निर्माणका लागि गठित उपभोक्ता समितिले निर्माण सामग्री आपूर्तिका लागि जुम्लाका छत्र शाही र कर्ण बुढासँग २०७६ जेठ ११ मा सम्झौता गरेको थियो । सामेल एग्रिकल्चर प्रालि नामक बुढाको फर्ममार्फत समितिसँग जोडिएका शाहीले उपभोक्ता समितिबाट १८ लाख पेस्की लिएर सामग्री आपूर्ति नगरी सम्पर्क विहीन भएका छन् ।

त्यस्तै रास्कोट नगरपालिका ७ मा २०७६ जेठ ११ मा ९० लाखको लागत सम्झौता भई १७ लाख १० हजार रुपैयाँ पेस्की लिएको समितिले जग्गा सम्याउनेभन्दा बढी काम गरेको देखिदैन । कार्यविधिअनुसार हाइटेक नर्सरीको स्थान छनोट गर्दा थ्री फेज विद्युत् लाइन र सडक पुगेको हुनुपर्छ । तर झूटा विवरण पेस गरी रकमको दुरुपयोग हुँदासमेत डिभिजन वन कार्यालय कालीकोट रमिते बनेको स्थानीयको आरोप छ । अहिले सम्म दुवै उपभोक्ता समितिले पेस्की रकम फर्छ्योट गरेका छैनन् ।

योजनाका लागि तोकिएको अवधि सकिएको छ । खर्च हुन नसकेको बजेट फ्रिज भएको छ । महालेखा परीक्षकको कार्यालयले २०७६ भदौ ३० को अन्तिम लेखा परीक्षणबमोजिम पेस्की रकम बेरुजुका रूपमा असुल गर्न कार्यालयलाई पत्राचार गरे पनि असुल भएको छैन ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button