मिति:- २२ भाद्र २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

सदरमुकामको फोहोर उठ्न छोड्यो

कालीकोट- जिल्ला सदरमुकाम रहेको मान्मबजारको फोहोर एक हप्ता देखि उठ्न छाडेको छ । नगरपालिकाको टक्याक्टर चाकल र सहचालक दुबै जना विरामी परेकाले सदरमुकामको फोहोर उठ्न नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले बताउनु भयो । नगरपालिकाले आर्थिक बर्ष २०८१/२०८२ को नीति तथा कार्यक्रमा नगरपालिका भित्रका सबै बस्तीहरुमा फोहोरको उचित ब्यवस्थापन तथा विर्सजनका गर्ने लक्ष्य लिएकाे थियाे ।

पहिलो गाँसमै ढुंगा भनेझै नगरपालिकाले सदरमुकामकै फोहोर उठाउन नसकेपछि चौतर्फी बिरोध हुन थालेको छ । त्यस्तै नगरपालिका भित्रका सबै सार्बजनीक स्थलहरुमा ब्यवस्थित खानेपानी, शौचालय र साबुन पानीले हात धुने सुबिधा निर्माण तथा ब्यवस्थापन गर्न पहल गरिने पनि नीति तथा कार्यक्रमा उल्लेख गरिएको छ । नगरपालिकाले हाल सदरमुकामकाे फोहोर ब्यवस्थापनका लागि टक्याक्टरमा फोहोर लगेर काउलेखोला फाल्ने गरेपनि सोही क्षेत्रको तत्लो भुभागमा बस्ने समुदायले खानेपानीको मुहान दुसित भएको र बिभिन्न खालका रोग सर्न सक्ने भन्दै बिरोध गरिरहेका छन् । बजारको फोहोर संकलन गरे वापत बजारका प्रत्येक घरधनी बाट नगरपालिकाले मासिक एक सय रुपैया उठाउदै आएको छ । एक हप्ता देखि बजारको फोहोर नउठेपछि बजार दुर्गन्धित र फोहोर हुदै गएको छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button