मिति:- २२ भाद्र २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग संचालन

कालीकोट– बर्षाका कारण आएको पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग र कर्णाली करिडोर चार दिनपछि संचालनमा आएको छ । कर्णाली राजमार्गको एस मोड र गगने खोलाको बीचमा पहिरोसँगै आएको विशाल ढुंगा ब्रेकर लगाएर फुटालिएको छ । सडक खुलेपछि खिड्कीज्यूला, दैखोला, हुल्म, कालेखोला, मान्म लगायतका ठाउँमा रोकिएका यात्रुवाहक तथा मालवाहक गाडी गन्तब्य तर्फ लागेका छन् । कर्णाली राजमार्ग हुँदै कालीकोटको पूर्वी भेगसहित जुम्ला, मुगु जाने र सुर्खेततिर झर्ने यात्रुहरु आ–आफ्नो गन्तव्य तिर लागेको कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताउनु भयो ।

पहिरो संगै कर्णाली राजमार्गमा आएको ढुंगा दुई दिन लगाएर ब्रेकरले फुटाएपछि मंगलबार दिउँसो ३ बजेबाट राजमार्ग संचालनमा आएको कालीकोटका डीएसपी अर्जुन केसीले बताउनु भयो । सडक संचालन गर्र्न सुरक्षा अधिकारी सहितको टोली मंगलबार बिहानैदेखि एसमोड गएको थियो ।

त्यस्तै, वर्षाले अवरुद्ध कर्णाली करिडोरको रेगिंल भीरको पहिरो पन्छाएपछि कर्णाली करिडोर पनि संचालनमा आएको छ । यसैबीच, कर्णाली राजमार्गको एस मोडमा विद्युत्को पोल ढलेर चारदेखि अवरुद्ध विद्युत् सेवा पनि मंगलबार दिउँसोदेखि संचालनमा आएको छ । पोल ढल्दा कालीकोट सहित जुम्ला र मुगुमा विद्युत् अवरुद्ध भएको थियो । लगातार ३ दिन काम गरेर विद्युतको नयाँ पोल गाडेपछि बिद्युत सेवा सुचारु भएको विद्युत कार्यालय कालीकोटका सूचना अधिकारी जयप्रसाद पाण्डेले बताउनु भयो । सूचना अधिकारीका अनुसार विद्युतका ५ जना कर्मचारी कार्यालय प्रमुखसहित साइडमा खटिएका थिए ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button