मिति:- २२ भाद्र २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्मचारीको कुटपिटबाट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव घाइते

कालीकोट- शुभकालिका गाउँपालिकाकामा कार्यरत दुई जना कर्मचारीको कुटपिटबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव भीमप्रसाद आचार्य सक्त घाइते भएका छन् । आपसी विवादका कारण बिहीबार राति गाउँपालिकाका लेखा प्रमुख कृष्ण रोकाया र पशु सेवा शाखाका कर्मचारी नवीन शाहीले कुटपिट गरी घाइते बनाएको आरोप लागेको छ ।

बिहीबार राति १० बजे शुभकालिका ५ सुकाटियास्थित दीर्घ शाहीको होटलमा खाना खाइरहेको अवस्थामा फेसबुकमा जथाभावी लेखेको आरोप लगाउँदै रोकाया र शाहीले आचार्यलाई सिसाको गिलास प्रहार गरेर घाइते बनाएको कालीकोटका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताउनु भयाे । कुटपिट गर्नेविरुद्ध आचार्यका भतिजा जगतप्रसाद चौलागाईंले प्रहरीमा जाहेरी दिएका छन् । प्रहरी मुद्दा दर्ता भएपछि आरोपितलाई पक्राउ गरिएको डीएसपी केसीले बताउनु भयाे । पीडित भिम आचार्यकाे जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएकाे छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button