मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
अर्थ/वाणिज्यकर्णाली प्रदेशताजाखबरमुख्य खबर

कर्णाली प्रदेश सरकारको खर्च ३३ प्रतिशत मात्र

कालीकोट– चालु आर्थिक बर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले जेष्ठ १६ गतेसम्म ११ अर्ब ७ करोड अर्थात ३३.१३ प्रतिशत मात्र रकम खर्च गरेको छ । आर्थिक वर्ष सकिन करिव ३९ दिन बाँकी रहँदा कर्णाली प्रदेश सरकारले खर्च गर्नु पर्ने बजेट भने २२ अर्व ३४ करोड रुपैयाँ रहेको छ ।

जसमध्ये पुँजीगत तर्फ २५.६६ प्रतिशत र चालु ४३.७८ प्रतिशत रकम खर्च भएको छ । वैशाख महिनामा मात्रै १ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सरकारले जेष्ठ महिनाको १६ दिनमा मात्र झण्डै ८३ करोड खर्च गरेको छ । प्रदेश सरकारको खातामा अहिले करिब २२ अर्ब रुपैयाँ मौज्दात छ ।

त्यस मध्यको १४ अर्ब विकास बजेट खर्च हुन सकेको छैन । सबैभन्दा बढी विकास बजेट भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले अझै ९ अर्ब ७ करोड र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ३ अर्ब २६ करोड रुपैयाँ खर्च गर्न बाँकी छ । अन्य मन्त्रालयमा पनि बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको छ । मुख्यमन्त्री कार्यालयले ५।४, अर्थ मन्त्रालयले ३६।४३, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १८।४१ प्रतिशत बजेट मात्र खर्च गरेका छन् ।

प्रदेश सरकारले अझै ५० प्रतिशत विकास योजनाहरुको अख्तियारी दिन सकेको छैन । अहिले सम्म अख्तियारी गएका योजना पनि सानासाना मात्र छन् । त्यसैले विकास खर्च कमजोर देखिएको हो ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button