मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
अर्थ/वाणिज्यताजाखबरमुख्य खबरसमाचारस्थानीय

योजना तर्जमा तथा सार्वजनिक सुनुवाई सम्पन्न

कालीकोट– महाबै गाउँपालिका वडा नं. ३ ले चालु आ.व २०८०/२०८१ को सार्वजनिक सुनुवाई तथा आगामी आ.व २०८१/२०८२ का लागि योजना तर्जमा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार वडामा रहेका शैक्षिक संस्था, स्वास्थ्य संस्था, खानेपानी, वन तथा वातावरण संस्थाका प्रतिनिधि, पुर्व जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागीतामा सार्वजनिक सुनुवाई तथा योजना तर्जुमा कार्यक्रम गरिएको हो ।

वडा अध्यक्ष पदम बहादुर सिंहको सभा अध्यक्षतामा संचालन गरिएको आठौं वडा सभा, सार्वजनिक सुनुवाई तथा वस्ती स्तरका योजना छनोट कार्यक्रमले वडामा उत्कृष्ट कार्य गर्ने चार जना कर्मचारीलाई सम्मानीत गरेको छ । सम्मानीत हुनेमा ओदानकु स्वास्थ्य चौकी प्रमुख दिनेश खनाल, अनमी रमिता शाही, अनमी एलिजा बम सिंह र कृषि प्राविधिक मन्जु कुमारी सिंह रहेको वडा सचिव केशर बहादुर सिंहले बताउनु भयो । वडा सभाले तत्कालीन, मध्यकालिन र दिर्घकालिन विकासका योजनाहरु प्राथमिकिकरण गरेर छनोट गरेको वडा अध्यक्ष सिंहले बताउनु भयो ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button