मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

बिपद् जोखिम न्युनिकरणका लागि कृतिम घटना अभ्यास

कालीकोट– नेपाली सेनाले बिपद् जोखिम न्युनिकरणका लागि कृतिम घटना अभ्यास पुर्व तयारी सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । बर्षाको समयमा घट्न सक्ने सम्भावित जोखिमका घटनाहरुलाई न्युनिकरण गर्ने उदेश्यले कृतीम घटना अभ्यास गरिएको कार्यक्रम गरिएको छ ।
शम्सेर गुल्म कालीकोटको आयोजना, जिल्ला स्थित अन्य सुरक्षा निकाय संगको समन्वय र सरोकारवाला निकायको सहभागीतामा खाँडाचक्रनगरपालिका ३ ताडी बसपार्कमा कृतीम अभ्यास कार्यक्रम गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीको अध्यक्षता, खाँडाचक्र नगरपालिका कार्यवहाक नगर प्रमुख नन्द बहादुर मल्ल, जिल्ला प्रहरी कार्यालय कालीकोट प्रमुख डिएसपी अर्जुन केसी, सशस्त्र प्रहरी बल कार्यालय कालीकोटका निमित्त गुल्मपती कमल केसी, स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर संकेत विश्वकर्मा, जनप्रतिनिधि,राजनितिक दल, लगाएतको उपस्थितिमा कार्यक्रम गरिएको छ ।
प्राकृतिक तथा मानव सिर्जित विपद् जन्य घटनाहरुमा उद्दार कार्य गर्न नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाल रेडक्रस अब्बल देखिएको छ । विपद्बाट प्रभावित स्थानहरुमा परिवार तथा बालबालिकाहरुको जीवनरक्षाका लागि सुरक्षा निकाय सधैं तत्पर रहने गर्द छ । बाढि, पहिरो तथा भुकम्प जस्ता प्राकृतिक प्रकोपहरुबाट नेपाल उच्च जोखिममा हरको छ । वर्षा याम सुरु हुनु पुर्व तयारी स्वरुप नेपाली सेनाले संयुक्त अभ्यास कार्यक्रम संचालन गरेको हो । कृतीम घटना अभ्यास कार्यक्रममा विपतका परेका मानिसहरुको आकस्मीक उद्धार, उपचार, पुर्न स्थापना लगाएका बिषयमा जानकारी गराइएको थियो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button