पलाँतामा मिनिट्रक दुर्घना, ११ जना घाइते

कालीकोट–पलाता गाउँपालिका–२ सैनमा बिहीबार बेलुका मिनीट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरूलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ ।
पलाता–९ थिर्पूबाट धौलागोहको राडुनेटा तर्फ बालुवा लिएर जाँदै गरेको कर्णाली प्रदेश ००१ क ०१६२ नम्बरको मिनीट्रक सैनको उकालोको मोडमा दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताउनु भयो । रिमालका अनुसार दुर्घटनामा अधिकांश महिला र बालबालिका घाइते भएका छन् । घाइते हुनेमा ५ जना बालबालिका ४ जना महिला र २ पुरुष छन् । थिर्पू तिबगाडबाट बालुवा लिएर जाँदै गरेको टकमा १६ जना स्थानीय चढेका थिए । पलाँता अस्पतालबाट रिफर गरिएका घाइतेलाई पलाता गाउँपालिकाले खर्च बेर्होने गरी हेलिकोप्टर मार्फत थप उपचारका लागि प्रदेश अस्पताल लैजाने तयारी गएिको पलाँता गाउँपालिका अध्यक्ष विष्णु रोकायाले बताउनु भयो ।