मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

अभिमुखिकरण कार्यक्रम सम्पन्न

कालीकोट— कोष तथा लेखा नियन्त्रण कार्यालय कालीकोटको आयोजनामा सरकारी लेखा हेर्ने कर्मचारीका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय जुम्ला संगको समन्वयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इटिडिएस कसरी गर्न सकिन्छ ? इटिडिएसका सवल पक्ष के के हुन् ? सरकारी कार्यालयमा इटिडिएसको महत्व र उपयोगिता लगायतका बिषयमा छलफल गरिएको थियो ।

सामाजिक सुरक्षा कर, अग्रिम आय कर, पारिश्रमिक कर लगायतका करहरुमा लाग्ने शुल्क अनलाइन प्रणालीबाट कसरी भुक्तानी गर्न सकिन्छ भन्ने बिषयमा छलफल केन्द्रीत रहेको लेखापाल नन्द बहादुर शाहीले बताउनु भयो । स्थानीय ब्यवसायीहरुबाट सरकारी कार्यालयले इटिडिएस नगरिदिएको गुनासो आएपछि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको कर अधिकृत खेम प्रसाद उपाध्यायले बताउनु भयो । अभिमुखिकरण कार्यक्रममा जिल्ला स्थीत सरकारी कार्यालयमा लेखा हेर्ने कर्मचारीको सहभागीता रहेको थियो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button