मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

छलाँहामा पुग्यो गाडी, स्थानीय खुशी

सडक संजालमा जोडिदै पलाँता

कालीकोट– मोहर पुलाँहा छलाहा हुदै जुम्लाको ओदी जोड्ने सडक हुदै बिहिबार गाडी छलाँहा पुगेका छ । छलाँहा बस्ती सडक संजालमा जोडिएपछि स्थानीय खुशी भएका छन् । गाउँपालिका अध्यक्ष बिष्णु बहादुर रोकाया गाउँपालिकाको गाडी गलेर छलाँहा पुगेपछि स्थानीयले भब्य स्वागत गरेका छन् ।

हुर्किदै गरेको गँहुबाली सडकले नष्ट गरेकोमा गाउँलेलाइ कुनै पश्चताप छैन । दिन भरको उकालो बाटोमा पानी समेत नखाई पिठ्यिुमा नुन र चामल भोग्नु परेको पिडा अन्त्य भएकोमा उनीहरु खुशी छन् । स्थानीयको खुशी सधै टिक्ला वा नटिक्ला त्यो स्थानीय सरकारको कार्य दक्षतामा भर पर्ने देखिन्छ । गाउँमा पहिलो पटक गाडी पुगेपछि धेरै खुशी लागेको स्थानीय सामाजिक अभियान्ता जैमल बुढाले बताए । पलाँताको ५ नंं वडा बाहेक अन्य सबै वडा सडक संजालमा जोडिएका छन् । यसै बर्ष ५ नं वडा सडक संजालमा जोड्ने तयारीका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष रोकायाले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button