अझै कालीकोटका छ वटा स्थानीय तह निमित्तको भरमा

कालीकोट– संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालीकोटका पाँच वटा स्थानीयतहमा अझै प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा लामो समय देखि यहाँको खाँडाचक्र, तिलागुफा र रास्कोट नगरपालिका तथा सान्नीत्रिणेणी, शुभकालीका, महाबै गाउँपालिका निमित्तको भरमा चल्दै आएका छन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४ (४) मा भएको ब्यवस्था अनुसार मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउनु पर्ने हुन्छ । कतिपय स्थानीय तहले दरबन्दी अनुसार प्रमुख प्रशासकीय पाए पनि ती धेरै समय टिक्दैनन् भने कतिपय अहिलेसम्म निमित्तकै भरमा छन् ।
नौ वटा स्थानीय तह रहेको कालिकोटमा खाँडाचक्र नगरपालिकामा निमित्त प्रशासकीय अधिकृतको रूपमा प्रवलजंग शाही कार्यरत छन् । यसैगरी रास्कोट नगरपालिकामा जवान सिंह बम विगत तीन वर्षदेखि पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा छन् । बिचमा दुई पटक प्रमुख प्रशासकीय अधिकृत पठाइएको भए पनि उनीहरू टिक्न सकेनन् ।
शुभकालीका गाउँपालिकामा छैटौँ तहका गणेश बहादुर शाही निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । शाहीले गत पुसबाट निमित्तको जिम्मेवारी समालेका हुन् ।
महावै गाउँपालिकामा पनी छैटौँ तहका प्रकाश शाहीले एक महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका हुन् । सान्नी त्रिवेणी गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा २०७६ सालदेखि नेत्र राज शाही कार्यरत रहेका छन् । उनी छैटौँ तहका कर्मचारी हुन् । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको लागि आठौँ तहको दरबन्दी हुने ब्यवस्था छ । तर मन्त्रालयले भनसुनको आधारमा छैटौँ तहका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । त्यस्तै तिलागुफामा पनि सातौं तहका लाल बहादुर मल्ल निमित्त छन् ।
रास्कोट र खाँडाचक्र नगरपालिकाले अहिलेसम्म दरबन्दी अनुसारको प्रशासनिक नेतृत्व पाएका छैन । कर्मचारीले दुर्गममा काम गर्न इच्छा नदेखाउने भएका कारण कालीकोटका धेरैजसो स्थानीय तहले दरबन्दी अनुसार कार्यालय प्रमुख पाउँदैनन् ।
यहाँको नरहरिनाथ गाउँपालिका, पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकामा भने दरबन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत कार्यरत छन् ।
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.