मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

ऐतिहासिक गाल्जे साँघु मेला सुरु

एक सरो धागोबाट एक गाग्रीमा पानी ल्याउने, साँघुका बाडामा धामी नाच्ने

कालीकोट– तिलागुफा नगरपालिको गाल्जेमा ऐतिहासिक गाल्जे साँघु मेला सुरु आइतबार देखि भएको छ । यो मेला एक हप्तासम्म लाग्ने चल्नेछ । परापूर्व कालमा पतिको निधन पछि सती गएर देवीको अवतार लिएकी सत्यवतीको सम्झना स्वरूप १२ वर्षमा एक पटक यो मेला लाग्ने गर्दछ । माघ पूर्णिमाको अवसमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको यो मेला यहाँका स्थानीयले भब्य रुपमा मनाउने गरेका छन् ।
असोज १९ गते देखी परेको अविरल वर्षातले ऐतिहासिक गाल्जे साँघु लगायत त्यहाँका सबै पूजाका सामग्री बगाएको थियो । गाल्जे साँघु बगाएपछि स्थानीयले पुनः काठको साँघु तयार गरेका थिए । साँघु निर्माणको सबै कार्य पुरा भएपछि ऐतिहासिक गाल्जे साँघुको पूजा मेला सुरु गरेको तिलागुफाका नगर प्रमुख शंकर उपाध्यायले बताउनु भयो । पर्यटन प्रर्वधन र धार्मिक क्षेत्रको विकासका लागि नगरपालिकाको आर्थिक सहयोगमा साँघुको पूर्वाधार निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद चौलागाईले बताउनु भयो ।
स्थानीय जुबिथा गाउँका महिलाहरू यो धार्मिक ऐतिहासिक पूजामा नआएमा सत्यवती देवी रिसाउने, अनिष्ट हुने जनविश्वास रहीआएको छ । सात दिन सम्म लाग्ने मेलामा कालिकोटको जुबिथा, गाल्जे, राँचुली, शुभकालिका, महावै, खाँडाचक्र, जुम्ला, दैलेख लगायत आसपासका गाउँपालिकाका बाट भक्तालुजनहरू आउने गरेका छन् । मेलामा धामी नाच का साथै देउडा लगायतका सांस्कृतिक प्रस्तुतिहरू समेत हुने गर्छन् । मेलाको मुख्य आक्रषक एक सरो धागोमा तिला नदिबाट एक गाग्रीमा पानी ल्याउने, साँघुका बाडामा धामी नाच्ने लगायतको धार्मिक महत्व दर्शाउने गरिन्छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button