स्कुल बाहिर रहेका बालवालिको खोजी गरौंः प्रजिअ शर्मा

कालीकोट– स्कुल जानबाट बञ्चित भएका बालवालिकाको खोजी गरी स्कुल भर्ना गर्न प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले कार्यक्रमका सहभागीलाइ आग्रह गर्नु भएकोे छ । मंगलवार सदरमुकाम मान्ममा शिक्षा विकास तथा समन्वय इकाई कालीकोटले आयोजना गरेको शिक्षा शाखा प्रमुखहरुका लागी ४ दिने क्षमता विकास तालिममा शर्माले यस्तो आग्रह गर्नु भएको हो । तालिममा ९ वटै स्थानीयतहका शिक्षा शाखा प्रमुखको सहभागीता रहेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक योजना कार्यन्वयन गर्न शिक्षा विकास तथा समन्वय इकाइ कालीकोटले तालिमको आयोजना गरेको हो ।
आर्थिक अवस्था कम्जोर भएका कारण विद्यालय जानबाट बञ्चित भएका बालवालिकाको खोजी गरि बिद्यालय भर्ना गर्न प्रजिअ शर्माले तालिमका सहभागीलाइ आग्रह गर्नु भएको हो ।
प्रजिअ शर्माले भन्नु भयो “शैक्षिक शत्र सकिनै लाग्दा समेत विद्यालयमा पाठ्यपुस्तक नपुग्नु दुखद कुरा हो, यस वारेमा स्थानीयतहका शिक्षा शाखा प्रमुखहरुले विद्यालय र बिक्रेतासंग समन्वय गरी तत्काल पाठ्पुस्तक उपलब्ध गराउनु होला ।”
तालिमको उद्घाटन शत्रमा सहभागी जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले घरेलु हिंसा, जातिय बिभेद, किशोरी सुरक्षा, छाउपडी प्रथा जस्ता बिषयमा नेपाल प्रहरीले सचेतनामुलक कार्यक्रम गरिरहेको बताउनु भयो । कार्यक्रमको अध्यक्षता गरिरहेका इकाई प्रमुख प्रकाशचन्द्र धितालले कालीकोटको शैक्षिक अवस्था सुधारका लागि बृहत गोष्ठी आवश्यक रहेको बताउनु भयो ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.