मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

अझै सञ्चालनमा आएन कोटबाडा विमानस्थल

विमान स्थल संचालनका ३६ वर्ष

गणेश बिष्ट,

नरहरीनाथ– २०४२ सालमा निर्माण कार्य सुरु गरिएको कालिकोटको कोटवाडा विमानस्थल अझै संचालनमा आउन सकेको छैन । म जन्मेकै साल काम सुरु गरेको भन्ने सुनेको हुँ । अहिले म ३६ बर्ष काटेर ३७ बर्षमा जादै छु, नरहरीनाथ १ का गणेश बिष्टले भने ।

बजेट अभाव र सशस्त्र द्वन्द्वको असरले भनेअनुसार काम समयमै हुन सकेन । ढिलै भएपनि ०७३ माघ २८ गते परीक्षण उडान भयो । परिक्षण उडान पश्चिात यहाँ कुनै जहाज चलेका छैनन् ।


जहाज नचले पनि विमानस्थल कालोपत्र गर्ने काम अन्तिम चरणमा छ । सदरमुकाम वल्लो डाँडामा र विमानस्थल पल्लो डाँडामा छ । हेर्दा नजिकै देखिए पनि हिडेर जान करिव एक दिन लाग्छ । अहिले भने स्थानीय सरकारले सडक निर्माण गरेको छ । सडकको बाटो दुदै हिउँदमा सजिलै ५ देखि ६ घण्टामा कोटवाडा पुग्न सकिन्छ । सदरमुकामबाट विमानस्थल जान सजिलो होस् भनेर सदरमुकाम मान्मदेखि कोटबाडासम्म केबुलकार जडानको पहल थालिएको छ ।
कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा केबुलकार निर्माणका लागि डीपीआर समेत तयार भइसकेको छ । केबुलकार निर्माणका लागि स्रोतको खोजी भइरहेको नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले बताए ।

अहिले कर्णाली प्रदेशका जीवनबहादुर शाही संघीय सरकारको पर्यटनमन्त्री भएको बेला करिव ५ वर्षअघि विमानस्थलमा एक दिन परीक्षण उडान गरिएको थियो ।
०४२ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य धर्मदत्त उपाध्याले रास्कोटको सिप्टी पाटन र जिल्ला पञ्चायत सभापति दीपबहादुर शाहीले मान्मको ताडीमा विमानस्थल बनाउने योजना अघि सारेका थिए । तर पनि दुवैले कोटबाडामा विमानस्थल बनाउने सहमति गरे । तत्कालिन जिल्ला पञ्चायतबाट विनियोजन गरेको १ लाख रुपैयाँबाट विमानस्थल निर्माणको काम सुरु गरिएको थियो ।

सशस्त्र द्वन्द्वको बेला विमानस्थलमा काम गर्ने क्रममा स्थानीय ७ जनासहित धादिङ, काभ्रे, सिन्धुली र रामेछापबाट आएका ३५ जनाको तत्कालीन शाही सेनाले हत्या गरेको थियो । तीमध्ये धादिङ जोगिमाराका १७ जना चेपाङ थिए । ०५८ फागुनमा माओवादीले अछामको मंगलसेन आक्रमण गरेपछि तत्कालिन नेकपा माओवादी खोज्दै आएको सेनाको हेलिकोप्टर बस्न नदिन माओवादीले कामदारलाई हातमा समाएका बेल्चा, गैटी र साबेल ठड्याउन लगाएपछि तत्कालिन सेनाले गोली चलाएको स्थानीय बताउँछन् ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button