मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशमुख्य खबरसमाचार

नक्कली मुद्रा कारोबारमा संलग्न पाँच जना पक्राउ

छालाको नक्कली मुद्रा कारोबारमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका-१२, छिन्चुबाट सिम्ता–३ आग्रिगाउँका २३ वर्षीय समर विश्वकर्मा, दैलेख भगवतीमाई–४ का १९ वर्षीय मदन विश्वकर्मा, जाजरकोट छेडागाड नगरपालिका-५ का २४ वर्षीय नीमबहादुर विश्वकर्मा, सोही ठाउँका ३३ वर्षीय रत्नबहादुर नेपाली र कुशे-५ खुर्पाका ३२ वर्षीय शान्तबहादुर वादी लाइ जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेकाे हाे ।

छिन्चु बजारको एक होटलमा ऐतिहासिक छालाको मुद्रा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा उनीहरूलाई प्रहरीले  पक्राउ गरेको छ ।

उनीहरूबाट छालाको मुद्राजस्तो देखिने ११११ लेखिएको विभिन्न बुट्टा भरेको त्रिभुजाकार वस्तु बरामद गरिएको छ ।

बुट्टा बनाउन प्रयोग गरिने अन्य दुई थान छालाजस्तो त्रिभुजाकार वस्तु, विभिन्न आकारका वस्तु तथा पत्थरहरू, बारुदजस्तो देखिने सानो डिब्बा तथा साना विद्युतीय वस्तुहरू दुई-दुई थानसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए । बरामद भएको मुद्रा सक्कली हो या नक्कली पत्ता लगाउन केन्द्रीय प्रयोगशालामा पठाएपछि मात्रै थाहा हुने डीएसपी कार्कीले बताए ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button