मिति:- ९ श्रावण २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबर

मुगुमा अक्सिजन प्लान्ट प्रयोग विहीन

मुगु जिल्ला अस्पतालमा रहेकाे अक्सिजन प्लान्ट मेसिन ५ महिनादेखि प्रयोगविहीन बनेको छ । कर्णाली प्रदेश सरकारको ४० लाख रुपैयाँ बजेटबाट गत वैशाखमा अक्सिजन प्लान्ट खरिद गरिएको थियो । प्रतिघण्टा ४० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको अक्सिजन प्लान्ट जडान पछि प्रयोगविहीन बनेको हो । अहिले प्लान्टको मुख्य मेसिन अस्पतालको एउटा कुनामा थन्क्याइएको छ । अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेपछि मेसिन जडान हुन नसकेको निमित्त जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले बताउनु भयाे । उनका अनुसार ४० लाख रुपैयाँमा प्लान्ट जडान गर्ने गरी हायात प्रालिले जिम्मा लिएको थियाे । उसले चीनबाट खरिद गरी ल्याएको मेसिन चार महिनादेखि थन्किएको उहाँले बताउनु भयाे ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button