कालीकोटका स्थानीय तहको दुई अर्ब बढी बेरुजु

कालीकोट– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन अनुसार कालीकोटका स्थानीय तहको कुल बेरुजु २ अर्ब ९ करोड ९५ लाख २८ हजार १ सय १२ रुपैया पुगेको छ ।
आ.व.२०८०/०८१ को मात्र २३ करोड १२ लाख ४१ हजार १ सय ३८ रुपैया छ । कालीकोटका नौ वटा स्थानीय तह मध्य आ.व.२०८०/०८१ मा सबै भन्दा बढी बेरुजु खाँडाचक्र नगरपालिकाको देखिएको छ । नगरपालिकाले प्रक्रिया पुरा नगरी ५ करोड ३३ लाख ७१ हजार २ सय ९९ रुपैया खर्च गरेको छ ।
दोस्रोमा महाबै गाउँपालिका छ । गाउँपालिकाले ३ करोड ८७ लाख ९४ हजार ४ सय ७८ रुपैया प्रक्रिया पुरा नगरी खर्च गरेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । त्यस्तै शुभकालिका गाउँपालिकाको ३ करोड ३२ लाख ९६ हजार ७ सय २ रुपैया, सान्नीत्रिवेणी गाउँपालिकाको २ करोड ८५ लाख ७० हजार २ सय ७३ रुपैया, रास्कोट नगरपालिकाको २ करोड ६८ लाख ६ सय ५७ रुपैया बेरुजु छ ।
नरहरीनाथ गाउँपालिकाको १ करोड ७७ लाख ८६ हजार २ सय २७ रुपैया, तिलागुफा नगरपालिकाको १ करोड ५९ लाख ३४ हजार ३ सय ९३ रुपैया, पचालझरना गाउँपालिकाको १ करोड १५ लाख ७० हजार १ सय ३७ रुपैया र पलाँता गाउँपालिकाको १ करोड १२ लाख ३६ हजार ९ सय ७२ रुपैया रहेका छ ।
तिलागुफा नगरपालिका, नरहरीनाथ गाउँपालिका, पलाँता गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाले आ.व.२०७८/०७९ पछि बेरुजु घटाउदै गएका छन् भने अन्य स्थानीय तहको बेरुजु घटबढ् हुदै गएको छ । २०७२ सालको संविधान पछि कायम भएका स्थानीय तहमा नयाँ ऐन कानून बनाइ खर्च नगरिनुु, दक्ष कर्मचारीको अभाव हुनु, सम्बन्धीत बिषयमा ज्ञान सिप नहुनु जस्ता समस्याले स्थानीय तहको बेरुजु बढ्दै गएको महालेखापरीक्षकको कार्यालयका सूचना अधिकारी रमेश सुवेदीले बताउनु भयो ।