मिति:- ६ असार २०८२, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षा

विश्वकै उत्कृष्ट १० बिद्यालयमा पर्न सफल भयाे कोपिला भ्याली

सुर्खेत- वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कोपिला भ्याली स्कुल विश्वकै एक प्रतिष्ठित शैक्षिक सम्मान हासिल गर्न सफल भएकाे छ । बिद्यालयले नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको छ।

बेलायतस्थित शैक्षिक संस्था ‘टि–फोर एजुकेसन’ ले आयोजना गरेकाे विश्वकै उत्कृष्ट विद्यालय पुरस्कार-२०२५ मा कोपिला भ्याली पर्यावरणीय पहल विधामा विश्वकै उत्कृष्ट १० विद्यालयभित्र पर्न सफल भएको हो।

सीएनएन हिरो अमेरिकी नागरिक म्यागी डोयनद्वारा सञ्चालित विद्यालयले वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अङ्ग बनाए बापत  महत्त्वपूर्ण शैक्षिक सम्मान हासिल गरेको हो।

सामुदायिक सहकार्य, वातावरणीय पहल, नवप्रवर्तन, विपत्तिको सामना र स्वस्थ जीवनशैली यि पाँच विधामा ‘टी–फोर एजुकेसन’ ले विश्वभरका विद्यालयहरूलाई सम्मान गर्ने गर्दछ।

यी सबै विधामा छानिएका कुल ५० उत्कृष्ट विद्यालयमध्ये कोपिला भ्याली एक हो। वातावरणीय पहल विधामा नेपालको कोपिला भ्यालीसँगै भारत, चिली, कोलम्बिया, फ्रान्स, इथियोपिया, संयुक्त अरब इमिरेट्स (युएई), कोसोभो र पेरुका विद्यालयहरू अन्तिम प्रतिस्पर्धामा छन्।

कोपिला भ्याली स्कुल ब्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर मल्लले यो उपलब्धिलाई नेपालकै लागि गौरवको विषय भएको बताउनु भयाे।

विद्यालयले आफ्नो ‘हरियाली विद्यालय क्याम्पस’ परियोजना मार्फत वातावरणीय शिक्षालाई कक्षाकोठाभन्दा बाहिर लगेर व्यावहारिक बताइएकाे छ।

बिद्यालयकाे आधिकारी पेजमा पुग्न र भाेट हाल्न याे लिंकमा जानहाेस्  www.kopilavalleyschool.edu.np

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker