मिति:- ३ कार्तिक २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबर

खल्लामा मिनिट्रक दुर्घटना, ड्राइभरको मृत्यु

कालीकोट–तिलागुफा नगरपालिका ६ खल्लामा मिनिट्रक दुर्घटना भएको छ । बुटवल बाट जुम्ला जाँदै गएको लु १ क ३९३० नम्बरको मिनिट्रक दुर्घटना हुँदा ट्रक चालक बुटवल १३ रुपन्देहीका हुम बहादुर खड्काको घटना स्थलमै मृत्यु भएको प्रहरी निरिक्षक राम प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

मिनिट्रक सहचालक राम बहादुर विक, यात्रु टेकुमाया उपाध्याय र निजकी छोरी घाइते भएको र उपचारका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला लगिएको पाण्डेले बताउनु भयो । मृतक खड्काको सव पोष्टमाटमका लागि जिल्ला अस्पताल कालिकोट ल्याइदै छ ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker