मिति:- ४ जेष्ठ २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालिकोटका आठवटा स्थानीयतहमा बिद्युत पुग्यो

कालीकोट– पलाँता गाउँपालिका बाहेक अन्य आठ वटा स्थानीय तहमा बिद्युत सेवा पुगेको छ । नौ वटा स्थानीय तह रहेको कालीकोटमा पलाँता बाहेका अन्य आठ वटा स्थानीय तहमा विद्युतको पहुँच विस्तार भएको नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताउनु भयो ।
खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा विद्युतको पहुँच पुगेको हो । आठवटै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने बिद्युत पहुँच पुगेका छैन । अहिले वडा वडामा विद्युतको प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले बताउनु भयो ।

“गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ ।” “अब चाँडै पलाँतामा पनि बिजुली पु¥याउँछौँ”, साहले भन्नुभयो । पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युतको पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहको भनाइ छ । “अहिले पलाँता सम्म बिजुली पु¥याउनका लागि खम्बा गाड्ने काम भइरहेको छ ।

यहाँका कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये चार हजार पाँच सय घरमा विद्युतको मिटर जडान गरिएको प्रमुख साहले बताउनुभयो । “विद्युत् पुगेको क्षेत्रमा घरधुरीको अनुपातमा कमैलै मात्र मिटर जडान गरेका छन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

2 Comments

  1. Pingback: cialis wallmart

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker