मिति:- ९ बैशाख २०८२, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्वास्थ्य खबर

महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न

कालीकाेट- महाबै गाउँपालिकाकाे ‌ओदामा स‌ंचालन गरिएकाे एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । स्वास्थ्य सेवा कार्यालय कालीकाेट र नेपाल नेत्र ज्याेती संघ कालीकाेटकाे आयाेजना तथा ओदा फाउन्डेशन र प्रदिया फाउन्डेशन स‌ंगकाे सहकार्यकामा बिहिबार  सुरु भएकाे शिविरकाे आज सम्पन्न भएकाे हाे ।

महाबै गाउँपालिका संगकाे समन्वयमा सुरु गरिएकाे शिविरमा स्थानीय नागरिकले बिषेशज्ञ स्वास्थ्य सेवा पाएकाे गाउँपालिका अध्यक्ष खेम बहादुर सिहले बताउनु भयाे । शिविरमा ६ सय ६९ जनाले बिभिन्न राेगहरुकाे चेकचाँच गरेका छन् ।

महाबैमा पुगेर हाडजाेर्नि तथा नसाराेग सेवा, बालराेग बिशेषज्ञ सेवा, स्त्री तथा गर्भवती सेवा, प्रसुती सेवा, परिवार नियाेजन सेवा, आँखा उपचार तथा अन्य सेवाहरु प्रदान गरिएकाे स्वास्थ्य सेवा कार्यालय कालीकाेटका सूचना अधिकारी कटक महतले बताउनु भयाे। शिविर स‌ंचालनका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकाेटका प्रमुख डाक्टर भिष्म प्रसाद पाेखरेलकाे नेतृत्वमा १० जना भन्दा बढी स्वास्थ्य कर्मिकाे टाेली खटेकाे थियाे ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker