मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

मुगुमा सडक माथिबाट आएको पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

  • दान बहादुर बुढा

मुगु- जिल्ला स्थित गमगढी तारापानी सडक खण्डको फुली गाउँ नजिक सडक माथिबाट आएको पहिरोमा पुरिएर डोजर चालकको मृत्यु भएको छ । लगातारको वर्षाले उक्त सडकको ठाउँ ठाउँमा पहिरो आई अवरुद्ध भएपछि पहिरो पन्छाउन गएको डोजर काम सकाएर फर्कँदै गर्दा बिहीबार राती छायाँनाथ रारा नगरपालिका वडा नं ३ फुली गाउँ नजिक बामधारा भन्ने स्थानमा सडक माथिबाट पहिरो आई डोजर छोपिदा चालकको घटना स्थलमै मृत्यु भएको हो ।

मृतक चालक सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नं ७ अन्दाजी २४ वर्षका पवन घिमिरे भएको सशस्त्र प्रहरी बल नं ४५ गुल्म मुगुका प्रहरी नायव उपरीक्षक डम्बर रानाले बताउनु भयो । पहिरो पन्छाएर सदरमुकाम गमगढी तर्फ आउँदै गरेको डोजर पहिरोमा परिएको खबर पाउना साथ सदरमुकाममा रहेको सशस्त्र प्रहरी बल ,नेपाल प्रहरी को संयुक्त टोलीले उद्धारका लागी घटना स्थलमा पुगेको थियो । रातभरि पहिरो पन्छाउन प्रहरी लागे पनि सम्भव नभएपछि बिहान अर्को डोजरको प्रयोग गरेपछि मात्र छोपिएको डोजर निकालिएको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रमुख सुदशन पन्थीले बताएका छन । डोजर धनी सोरु गाउँपालिका वडा नं ६ का रतन बहादुर शाही रहेको र क्षतिग्रस्त डोजरलाई पहिरो बाट पुर्णरुपमा निकाल्न नसकिएको पनि जिल्ला प्रहरी कार्यालयले बताएको छ । मृतक चालकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button