गण्डकी प्रदेशमुख्य खबरसुचना प्रबिधी
क्यान महासंघका पदाधिकारी चितवनमा
कालीकोट– कम्प्युटर एशोसिएसन महासंघ (क्यान महासंघ) नेपालको दुई बर्षे रणनीतिक योजना निर्माण गरिने भएको छ । रणनीतिक योजना निर्माणका लागि क्यान महासंघ केन्द्रिय समितिको टिम चितवन पुगेको छ । यसै अवसरका क्यान महासंघ जिल्ला शाखा चितवनले केन्द्रिय समितिको निर्वाचन बाट निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको शाखाका अध्यक्ष टेकलाल भुसालले बताउनु भयो । सूचना, संचार र प्रविधिका क्षेत्रमा काम गर्दै आएको क्यान महासंघले साइवर सुरक्षा, प्रविधिको प्रयोग र उपयोगिता तथा दुर्गम क्षेत्रमा प्रबिधिको पहुँच बिस्तार गर्न पहल गर्ने गर्ने भएको छ । क्यान महासंघ केन्द्रिय समितिको निर्वाचन पौष ९ गते सम्पन्न भएको थियोे ।