मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

शनिबार बेपत्ता भएका युवाकाे शव भेटीयाे

कालीकाेट- माछा मार्ने क्रममा तिला नदीमा शनिबार बेपत्ता भएका तिलागुफा-४ राचुलीका भोजनबहादुर शाहीको शव आइतबार दिउँसो फेला परेको छ। प्रहरीका अनुसार घटनास्थलबाट १ सय मिटर तल नदीमा डुबेको अवस्थामा शव फेला परेको हो । तिला नदीमा बेपत्ता भएका शाहीको जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कालीकाेटका सूचना अधिकारी प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीका अनुसार आज बिहानैबाट खोजी सुरु भएको र दिउँसो १ बजे शव भेटिएको बताइएकाे छ । २४ वर्षीय शाहीले शुक्रबार बेलुकी माछा मार्न थापेकाे झरेउला (पासो) निकाल्ने क्रममा चिप्लिएर नदीमा खसेका थिए । स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत शाही शनिबार विहान झरेउला निकाल्न तिलानदी पुगेका बेला चिप्लिएर नदीमा बेपत्ता भएका थिए ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker