फोर्स गाडी दुर्घटना ७ जना घाइते चार जनाको अवस्था गम्भिर

कालीकोट– जुम्लाबाट सर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ख ०९७३ नम्बरको फोर्सगाडी खाँडाचक्र नगरपालिका १० गोलुवा नजिकै दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
घाइते हुनेमा गाडी चालक बीरेन्द्रनगर नगरपालिका १ बस्ने बर्ष ३० का लालबहादुर बस्नेत, सहचालक कालीकोट जिल्ला शुभकालीका गाउँपालिका २ बस्ने बर्ष २१ का प्रकाश शाही, तिलागुफा नगरपालिका ६ बस्ने बर्ष २० का प्रकाश शाही, जुम्ला जिल्ला हिमागाउँपालिका १ देहारगाउँ बस्ने बर्ष २८ रविन परियार, बर्ष १६ अविगेल परियार, बर्ष २५ की गंगा परियार र बर्ष ५ का सुमन परियार रहेका छन् ।
प्रकाश शाही, गंगा परियार र लाल बहादुर बस्नेत र रविन परियारको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेका छ ।
दुर्घटनामा घाइते भएका सबैजनालाई स्थानीयको सहयोगमा नेपाल प्रहरीले उद्दारगरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याएको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी टेक बहादुर रावतले बताउनु भयो ।