अन्तरक्रिया कार्यक्रम सम्पन्न

कालीकोट– स्वास्थ्य सेवा कार्यालय कालीकोटको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आ.व. २०८१÷२०८२ को अर्ध बार्षिक अवधिमा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रगति सम्बन्धी संचारकर्मिहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको हो । बिश्व स्वास्थ्य दिवसको अवसर अवसर पारेर आयोजना गरिएको अन्तरक्रिया कार्यक्रकमा मलेरिया,औलो,डेङगी कुष्ठरोग,मानसिक रोग बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डाक्टर भिष्म पोखरेलको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको अथितिमा प्रमुख जिल्ला अधिकारी नाराण प्रसाद भट्टराई,जिल्ला समन्वय समितिका प्रवक्ता अजय बम, नेपाल पत्रकार महासंघ कालीकोट शाखा उपाध्यक्ष राधिका बराल डाक्टर शम्भुनाराण ठाकुर, डाक्टर बन्जिता कार्की लगायतको उस्थिती रहेको थियो ।
प्रमुख जिल्ला अधिकारी भट्टराईले ब्यवहारिक र गुणात्मक पक्ष केलाउदै सबै नागरिकका लागि सुशासन मैत्री सहज सेवा प्रवाह गर्न अग्रसर हुनुपर्नेे कुरामा जोड दिनु भयो । अन्तरक्रिया कार्यक्रममा सहभागी संचारकर्मीहरुले सुशासन र नागरिक मैत्री सेवा प्रवाहमा जोड दिन अनुरोध गरेका छन् । स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले कार्यक्रममा स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सदरमुकाम मान्मको होटल रोनीमा भएको हो ।