मिति:- १७ चैत्र २०८१, सोमबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कुमालगाउँमा बाेलेराे दुर्घटना, ८ जना घाईते

कालीकोट- नरहरिनाथ-३ डाडामाडुमा बोलेरो जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सुर्खेतबाट नरहरीनाथ गाउँपालिका आउदै गरेकाे कर्णाली प्रदेश ०२००२ च ०७०७ नम्बरको गाडी मंगलबार बेलुकी नरहरिनाथ-३, कुमालगाउँ इलाका प्रहरी कार्यालय पछाडि झन्डै २० मिटर तल खसेको हो । दुर्घटनामा गाडी चालकसहित ८ जना घाइते भएका छन् ।

गाडी ब्याक गर्ने क्रममा अनियन्त्रित भई खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताउनु भयाे ।

दुर्घटनामा नरहरिनाथ-३, का २० वर्षीय राजेन्द्र विष्ट, २९ वर्षीय अनिलकुमार बुढा, नरहरिनाथ-५, रुप्साकी ४० वर्षीयादेवी सहकारी, नरहरिनाथ-३ का ३५ वर्षीया विष्णु विष्ट, ४० वर्षीय दानबहादुर सहकारी, २८ वर्षीय गणेश आचार्य र ३५ वर्षीय अम्मरबहादुर विष्ट र दैलेख घर भएका २४ वर्षीय चालक जगत बिक घाइते छन् । उनीहरूको कुमालगाउँस्थित योगी नरहरिनाथ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker