स्ववियु चुनाव: मेहलमुडीमा अखिल क्रान्तिकारी माेर्चा बिजयी

कालीकोट- जनचेतना बहुमुखी क्याम्पस मेहलमुडीमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा समाजवादी-क्रान्तिकारी मोर्चाले बिजयी भएकाे छ । कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै क्रान्तिकारी मोर्चा बिजयी भएकाे हाे।
स्ववियु निर्वाचनमा नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियुकाे गठबन्धनबाट अमराज बराल र समाजवादी-क्रान्तिकारी मोर्चाबाट बसराज बोहोरा स्ववियु सभापतीकाे चुनावमा भाग लिएका थिए।
कुल १ सय ९७ मत खसेको निर्वाचनमा सभापती पदका उम्मेदवार बसराज बोहोराले १ सय ६ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्धन्द्धी अमराज बरालले ८६ मत प्राप्त गरेका छन्।
सचिवमा अखिल क्रान्तिकारीका धुर्बराज संज्याल १ सय १९, मत ल्याएर विजयी भएका छन् । प्रतिद्धन्द्धी रमेश बुढा (नेविसंघ) ६५ मत ल्याएर पराजित भएका छन्।
कोषाध्यक्ष पदमा अग्निजा आचार्य (अखिल क्रान्तिकारी) १ सय १६ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्धन्द्धी बिन्दा शाही (अनेरास्ववियु) ले ७० मत प्राप्त गरिन्।
सदस्य तर्फ सुमितराज कार्की (क्रान्तिकारी) १ सय ६, शोभा सार्की (क्रान्तिकारी) ८९, प्रेम ब. शाही (नेक्राविसंघ) ९९, पबिता धामी (अखिल समाजवादी) ९८ र राधिका फर्साल (अनेरास्ववियु) १सय १ मत प्राप्त गरेका छन्।