मिति:- २९ मंसिर २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीयस्वास्थ्य खबर

राकम कर्णालीमा सय शय्याको अस्पताल चाँडै सञ्चालनमा आउने

प्रथम दीक्षान्त समारोहमा ३० जना विद्यार्थी मात्रै दीक्षित

कालीकाेट- प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको राकम कर्णालीमा सय शय्याको अस्पताल चाँडै सञ्चालनमा आउने घोषणा गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बुधबार आयोजित प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै ओलीले राकममा अस्पताल तत्कालै सुरु गरिने बताउनु भयाे।

दैलेख लगायत आसपासका जिल्लाकाे सेन्टर भएकाले अस्पताल बनाउने र प्रतिष्ठानले व्यवस्थापन गर्ने उहाँले बताउनु भयाे। अस्पताल सञ्चालनमा आएपछि सुदुपश्चिमका ५ र कर्णालीका दैलेख, कालीकोट लगायतका जिल्लावासी लाभान्वित हुने बताइएकाे छ। राकम कर्णाली राजमार्ग छेउमै पर्ने भएकाले अस्पताल स‌चालनमा आएपछि दुर्घटना लगायतका कुराहरूमा यथाशीघ्र घाइतेहरूले उपचारमा बताइएकाे छ।

प्रथम दीक्षान्त समारोहमा ३० जना विद्यार्थी मात्रै दीक्षित भएका छन् । कुल ५८ जना विद्यार्थी दीक्षित हुन योग्य भएकामा बुधबार ३० जना मात्रै दीक्षित भएका हुन् । अधिकांश विद्यार्थी लोकसेवा आयोग परीक्षाको तयारीमा लागेको र केही विद्याथीहरू आफ्नो व्यस्तता कारण दीक्षान्त समारोहमा उपस्थित हुन सकेनन् ।

एमडीएमएसका ५ जना, डिएमएसका ७ जना र बीपीएचका १८ जना विद्यार्थी दीक्षित भएका छन् । यसअघि स्नातकतर्फ बीपीएचमा ३८ जना, एमबीबीएसमा १३ जना तथा स्नातकोत्तरतर्फ एमडीजीपीमा ३ जना, एमडी एनएस्थेसियामा १ र एमडी पेडियाट्रिक्समा एक जना गरेर ५८ जना विद्यार्थी दीक्षित हुने भनिएको थियो ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker