मिति:- ३ आश्विन २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाचार

कर्णाली राजमार्ग फेरि अवरुद्ध

कालीकोट-  बुधबार बेलुकीको अविरल वर्षापछि कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत-जुम्ला सडक फेरि अवरुद्ध भएको छ । कर्णाली राजमार्ग अर्न्तगत पर्ने कालीकोटको गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो । पहिरोले शुभकालिका-१ मा पर्ने गगने खोला, एस मोड, काले खोला हुल्मलगायतका ठाउँमा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि गाडी र यात्रु बाटोमा अलपत्र छन् । सधैँ पहिरो गइरहने गगने खोलामा ठूलो पहिरो गएको प्रहरीले जनाएको छ ।

पहिरोले सडक अवरुद्ध भएकाले कर्णाली राजमार्गमा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र हिड्न जिल्ला प्रहरी कार्यालय कालीकोटले सामाजिक सञ्जालमार्फत सूचना जारी गरेको छ ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button