मिति:- २७ भाद्र २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

पत्रकार पाण्डे प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित

कालीकोट– कालीकोटका वरिष्ठ पत्रकार तुलाराम पाण्डे प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । कर्णाली प्रदेश सरकारले ९ औं स्थापना दिवसको अवसरमा मंगलबार पाण्डेलाई कर्णाली प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

पत्रकारिता मार्फत कर्णालीको विकास र समृद्धिमा योगदान पुर्याएको भन्दै उहाँलाई पुरस्कृत गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुर्खेतले जनाएको छ । पत्रकार पाण्डेलाई ५० हजार नगद र प्रमाणपत्र सहित कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सम्मान गर्नु भएको होे । पाण्डे २५ वर्षदेखि कालीकोट जिल्लामा रहेर पत्रकारिता गर्दै आउनु भएको छ ।

प्रदेश सरकारले हरेक वर्ष कर्णालीको विषयमा कलम चलाउने तीन जना पत्रकारलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्दै आएको छ । यो वर्ष कान्तिपुरकर्मी तुलाराम पाण्डे, अनलाइन खबरकर्मी यज्ञ खत्री र अन्नपुर्णकर्मी राजेन्द्र कार्कीलाई कर्णाली प्रदेश सरकारले पुरस्कृत गरेको हो ।

https://www.adbl.gov.np/

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button