मिति:- ३ कार्तिक २०८१, शनिबार | समय:-
अर्थ/वाणिज्यकर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

कालीकोटका ६ वटा स्थानीय तह अझै निमित्तको भरमा

कालीकोट– यहाँका नौ वटा स्थानीय तह मध्य छ वटा स्थानीय तह अझै निमित्तको भरमा संचालन भइरहेका छन् । खाँडाचक्र नगरपालिका, रास्कोट नगरपािलका, तिलागुफा नगरपलिका र शुभकालिका, महावै, सान्नीत्रिवेणी गाउँपालिका निमित्तको भरमा संचालन भइरहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार १० असारभित्र पालिकाहरूले बजेट ल्याउनुपर्ने हुन्छ । जसमा प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका हुन्छ । स्रोत अनुमान तथा तथा बजेट सीमा निर्धारण समितिको सदस्यसचिव नै प्रमुख प्रशासकीय अधिकृत हुन्छ । त्यस्तै, बजेट तथा कार्यक्रम तर्जुमा समितिको सदस्यका रूपमा पनि प्रमुख प्रशासकीय अधिकृतले काम गर्छ । तर, अहिले कालीकोटका ३ वटा नगरपालिका र ३ वटा गाउँपालिकामा दरबन्दीअनुसार प्रमुख प्रशासकीय रिक्त छन् । सरकारले सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी तोकेको छ, जसको खटनपटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्छ ।

त्यस्तै, आर्थिक वर्षको अन्तमा ठूलो भुक्तानी गरिँदा त्यसमा अनियमितता हुने गरेका छन् । भुक्तानी र जथाभावी निर्णय रोक्नमा पनि प्रमुख प्रशासकीयको महत्वपूर्ण भूमिका हुन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को दफा ३० को उपदफा ७ मा प्रदेश तथा स्थानीय तहको विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको खर्च शीर्षकको हकमा बाहेक अन्य बजेट शीर्षकअन्तर्गत भुक्तानी दिनुपर्ने रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि भुक्तानी दिई लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ । अर्थात् भुक्तानीको अवधि अब एक महिनाभन्दा कम छ । तर, यस्तो अवस्थामा पनि प्रमुख प्रशासकीय नहुँदा बेथिति बढ्ने जोखिम छ । यसमा महालेखाको पछिल्लो प्रतिवेदनले पनि प्रश्न गरेको छ ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker