मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाज

एकै दिन एक सय भन्दा बढी नागरिकता वितरण

कालीकोट– जिल्ला प्रशासन कार्यालय कालिकोटले एकै दिन एक सय पाँच नागरिकता प्रदान गरेको छ । ८५ वटा प्रतिलिपि र २० वटा नयाँ नागरिकता जारी गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले बताउनु भयो । उहाँका अनुसार आइतबार साँझ ७ बजे सम्म सेवा प्रवाह गरिएको थियो ।

त्यसरी सेवा प्रवाह गर्दा समेत ३० जना सेवाग्राहीलाइ सेवा दिन नसकी भाेली आउन भनिएकाे उहाँले बताउनु भयाे ।  त्यस्तै ४ वटा राहदानी वितरण, ६ वटा राहदानी इन्रोलमेन्ट, ४५ वटा राष्ट्रिय परिचयपत्र दर्ता, ११ वटा राष्ट्रिय परिचयपत्र वितरण, २९ वटा सिफारिस, २ वटा अन्य निकायमा पठाएका पत्र र २ वटा सवारी पास गरि कुल २ सय ४ वटा सेवा प्रवाह गरिएको छ । सेवा प्रवाहमा देखिएको संख्या यो बर्षकै उच्च हो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Back to top button