मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
ताजाखबरमुख्य खबरसमाचार

करार सम्झौता भएको तीन दिनमै भुक्तानी

कालीकोट– खाँडाचक्र नगरपालिकाले कानुनी सल्लाहकारका लागि करार सम्झौता गरेको तीन दिनमै २ लाख ७० हजार भुक्तानी गरेको छ । करार सम्झौतामा महिना ब्यतित भएपछि भुक्तानी गरिने ब्यवस्था गरिएको छ । नगरपालिकाले पुस ३ गते सम्झौता गरेर ५ गते भुक्तानी दिएको छ । खाँडाचक्र नगरपालिका ५ स्थायी ठेगाना भएका पदम बहादुर शाहीलाई नगरपालिकाले बार्षिक ६ लाख ५० हजार रुपैया भुक्तानी दिने गरी सम्झौता गरेको हो ।

नगरपालिकाले प्रतिस्पर्धा विना सिदै कानुनी सल्लाहकार नियुक्ती गरेको हो । नगरपालिकाले राखेका कानुनी सल्लाहकार पदम बहादुर शाहीको फोटो नगरपालिकामा भएको र शाही काठमाडौ तिरै रहेको वडा नं ८ का अध्यक्ष तथा कार्यवहाक नगरपालिका प्रमुख नन्द बहादुर मल्लले बताउनुु भयो । नगरपालिकाले बोलाएको समयमा र कानुनी समस्या परेको समयमा मात्र म हाजिर हुने गरी सम्झौता भएको कानुनी सल्लाहकार शाहीले बताउनु भयो । कुनै पनि सेवा लिनु पुर्व सेवाग्राही र सेवा प्रदायक बिच सम्झौता गर्नु पर्ने कानुनी प्रावधान छ । नगर कार्यपालिकाको निर्णय अनुसार कानुनी सल्लाहकार सेवा करार करारमा लगिएको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाहीले बताउनु भयो ।
खाँडाचक्र नगरपालिकाको करार कर्मचारी सम्बन्धी ऐन २०७८ को दफा ४ को उपदफा ५ मा यस दफामा अन्यत्र जुनसुकै कुरा उल्लेख भएको भए तापनि नगरपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, ईलेक्ट्रिसियन, चौकीदार, माली, बगैचे र सरसफाइ सम्बन्धी पदमा स्थायी पदपूर्ती नगरी प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्र लिनु पर्नेछ । सो बाहेकका अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न पाइने छैन भन्ने ब्यवस्था गरेको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button