मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

स्वास्थ्य कर्मीको टोली प्रभावित स्थान रुडुमा पुग्यो

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुमा रहेको महादेव माध्यमिक विद्यालयमा थाहा नभएको रोगले एक विद्यार्थीको ज्यान गएपछि बिहीबार स्वास्थ्य कर्मीको टोली त्यहाँ गएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोटका मेडिकल अधिकृत डाक्टर रामानन्द चौधरीको नेतृत्वमा पाँच सदस्यीय स्वास्थ्यकर्मीको रुडु पुगेको छ । स्वास्थ्य कर्मीले शुक्रबार बिहानै बाट उपचार थाल्ले कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनु भयो । बिद्यालयमा अध्यायनरत १ सय ७८ जना बिद्यार्थी बिरामी परेको विद्यालयका प्रधानाध्यापक भरतबहादुर सिंहले बताउनुभयो ।

प्रारम्भिक बाल विकास (ईसीडी) का १३ जना शिक्षक र कक्षा ५ का १६ जना विद्यार्थीको अनुहार सुन्निएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा र कक्षा ३ का १८ जना विद्यार्थीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको शिक्षक धर्मनन्द्र कोइरालाले बताउनुभयो ।
शुक्रबार रुडु पुगेर स्वास्थ्य कर्मीको टोलीले उपचार सुरु गर्ने र तर्फ स्वास्थ्य कर्मीको आवश्यता परेको पुनः पठाइने स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डाक्टर संकेत बिश्वकर्माले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button