
कालीकोट– सदरमुकाम मान्म बजार देखि सुनथराली बिमानस्थल कोटबाडा जोड्ने केवलकारको अन्तिम रिर्पोट सार्वजनिक गरिएको छ । सोमबार जिल्ला सदरमुकाम मान्ममा कन्सलटेन्सिका तर्फबाट सहजकर्ता गुणराज ढकालले अन्तिम डिपिआर रिर्पोट सार्वजनिक गर्नु भएको हो ।
रिर्पोट सार्वजनिक कार्यक्रममा प्रतिनिधि सभाका सदस्य माननीय महेन्द्र बहादुर शाही, कर्णाली प्रदेशका भौतिक पुर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री माननीय मंगल शाही, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने, राज्यमन्त्री उर्मिला बिश्वकर्मा, प्रदेश सभाका माननीय सदस्य दुर्गबहादुर रावत, हिक्मत बिष्ट, दक्षिणा शाही, संबिधान सभा सदस्य बिमला केसी, जिल्ला स्थित राजनीतिक दल, पत्रकार र सरोकारवालाहरुको उपस्थितीमा रिर्पोट सार्वजनिक गरिएको छ ।
कार्यक्रमका सहभागीहरुले केवलकारका बिषयमा राखेका प्रश्नहरुको प्रनिनिधि सभा सदस्य माननीय महेन्द्रबहादुर शाहीले जवाफ दिदै भन्नु भयो “केवलकार कसैको आँखामा छारो फाल्नका लागी नभई दक्षिण एसियाकै प्रर्यटकिय गन्तब्यको रुपमा बिकसित गर्ने लक्षका साथ सुरुवात गरिएको हो ।”
सरकारले यो योजना गौरवको योजनाको रुपमा नलिए जनताको लगानीमा तयार गर्ने प्रतिबद्धता समेत शाहीले ब्यक्त गर्नुभयो । २ हजार १ सय ५७ मिटरको दुरीमा रहने केवुलकारको डिपिआर स्विजरल्यान्ड र इटालियनका इन्जिनियरको सहयोगमा तयार पारिएको सहजकर्ता ढकालको बताउनु भयो ।
कर्णाली प्रदेशलाई पर्यटकिय गन्तब्य बनाउन, पेलेनमा कोटवाडा आएको यात्रुलाइ सदरमुकाम मान्म ल्याउन र सुनथराली बिमानस्थलबाट बडिमालिका जान यो केवुलकार बनाउन थालिएको हो । बिमानस्थल बाट मान्म आउन धेरै समय लाग्ने भएकाले यात्राको दुरी छोटो बनाउन समेत केवुलकारको प्रयोग गरिने छ ।
१ अर्व १४ करोड ८४ लाख ६५ हजार ८ सय ९०।६८ पैसा लागत स्टमेट रहेको पुर्वाधार बिकास कार्यालय कालिकोटको आयोजनामा प्रमुख रामचन्द्र बिसीले बताउनु भयो । कार्यक्रमका सहभागीहरुले सुनथराली बिमानस्थल, सेरीपान्तडी सडक खण्ड निर्माण कार्य जस्तो ढिला सुस्ति नगर्न समेत सुझाव दिएका छन् ।
you are in reality a excellent webmaster. The site loading pace is amazing.
It sort of feels that you’re oing any distinctive trick.
Moreover, The contents are masterwork. you have done a wondeerful job in this
topic! https://Hot-Fruits-Glassi.Blogspot.com/2025/08/hot-fruitsslot.html